शनिबार, चैत्र १५, २०७६
www.samsararemit.com

प्रधानमन्त्री ओलीले गरे बाँस्कोटाको बचाउ

प्रधानमन्त्री केपी शर्मा ओलीले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा कमिसन मागेको आरोपपछि राजीनामा दिएका तत्कालीन सञ्चार तथा सूचना मन्त्री गोकुलप्रसा बाँस्कोटाको बचाउ गरेका छन् ।

बिहीबार राजधानीमा आयोजित वाग्मती प्रदेशस्तरीय अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बाँस्कोटाले भ्रष्टाचार गरेकाले होइन प्रश्न उठेकाले राजीनामा दिएको बताएका हुन् ।

‘एउटा टेप प्रकरणमा कुनै अनाडी मान्छेले अनाधिकृत तवरले अडिओ सार्वजनिक गरेको छ । केही प्रमाण छैन,’ ओलीले भने,‘गोकुल बाँस्कोटाले मेराबारे प्रश्न उठ्यो राजीनामा दिएँ भन्नुभएको छ । उक्त अडिओ मेरो होइन भन्नुभएको छ । सत्यता पुष्टि भएको छैन । स्विस एम्बेसीले पनि त्यो एजेन्ट होइन भनेको छ ।’

प्रधानमन्त्री ओलीले बाँस्कोटामाथि लागेको आरोपको सत्यता पुष्टि नभएको र बात लागेको आधारमामात्र राजीनामा दिएको तर्क गरे । ‘भ्रष्टाचार भएकोजस्तो गरी प्रचार गर्नु जरूरी छैन,’ प्रधानमन्त्रीले भने,‘दोष भए उहाँले सजाय भोग्नु पर्छ । उनले कसैले आफ्नो पनि नाम जोडेर उजुरी दिएको तर त्यो उजुरी पत्रु भएको बताए ।

‘कसैले मेरो नाम पनि जोडेर उजुरी गरेको छ । त्यो काम नलाग्ने पत्रु उजुरी हो, भ्रष्ट उजुरी हो,’ ओलीले भने । ‘हाम्रा नेताको नाम जोडेर २० करोड माग्यो भनियो । सत्य हो भने कारबाही हुन्छ झुठ भए प्रतिवाद हुन्छ,’ उन भने ।

उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्न जर्मन र फ्रान्स सरकारसँग सिधा कुरा भइरहेकाले कसरी स्विस एजेन्टको कुरा आयो भन्ने प्रश्न गरे ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया