शनिबार, चैत्र १५, २०७६
www.samsararemit.com

अर्थमन्‍त्री रहने हल्लाले पनि सेयर बजार हल्लेनः अहिलेसम्मकै उच्च कारोबार, नेप्से १६३२

अर्थमन्‍त्री युवराज खतिवडाको ठाउँमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने विषयलाई लिएर सत्तारुढ दलभित्रको चर्किएको विवादले बिहीबारको सेयर बजारलाई खासै प्रभावित गरेन ।

बिहीबार सेयर बजारले नयाँ उचाइ लिएको छ । कारोबार अंकमा नयाँ रेकर्ड कायम भएको छ भने नेप्से परिसूचकमा उछाल कायम नै छ । साताको अन्तिम दिन बजारमा ४ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ । यो अहिलेसम्मकै उच्च अंक हो । बुधबार ४ अर्ब १५ करोडको सेयर कारोबार भएको थियो ।

बजारमा दिनभर निकै उतारचढाप देखिए पनि अन्तत : बजारले छलाङ मारेको छ । नेप्से सूचक ३६.०५ अंकले बढेर १६३२.१७ विन्दुमा आइपुगेको छ  । १८० कम्पनीको ४ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

वामदेवलाई राष्ट्रियसभा पठाउने तयारी र निर्णयपछि युवराज अर्थमन्‍त्री हट्ने र नयाँ अर्थमन्‍त्री आउने आशमा लगानीकर्ताहरु उत्साहित हुँदा बजार चम्किएको विश्लेषण गरिए पनि बजार वृद्धिको कारण त्यो मात्र नभएको बिहीबारको कारोबार अंक र परिसूचकले देखाएको छ ।

बजारमा स्वभाविक रुपमा सुधारको कोर्समा अघि बढेकोले राजनीतिक घटनाक्रमले यसको गति अब खासै प्रभावित नहुने लगानीकर्ताहरु बताउँछन् । लामो समयदेखि सुस्ताएको सेयर बजार दुई हप्तादेखि एकाएक चम्किएको हो । सेयर बजार सुधारका लागि नीतिगत, प्राविधिक तथा मनोवैज्ञानिक हिसाबले भइरहेका प्रयासको सकारात्मक प्रभावमा बजारमा देखिएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया