शनिबार, चैत्र १५, २०७६
www.samsararemit.com

खैरो हेरोइनसहित पक्राउ परेका यती समूहका नवाङ जेल

खैरो हेरोइनसहित पक्राउ परेका यती समूह निकटका नवाङ पासाङ शेर्पासहित चार जना पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले उनीहरूलाई बिहीबार पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।

जेल चलान भएका उनीहरूलाई माघ १८ गते नै प्रहरीले खैरो हेरोइनसहित पक्राउ गरेको थियो । शेर्पा यति समूहका तत्कालीन अध्यक्ष स्व. आङछिरिङ शेर्पाका कान्छा छोरा हुन् ।

प्रहरीले शेर्पा पक्राउ परेको विषय करिब १ महिनासम्म सार्वजनिक गरेको थिएन । राज्यका उपल्लो निकायसम्म सिधै पहुँच बनाएको यती समूहको खराब इमेज समाजमा जाने भएकाले सार्वजनिक नगरिएको आशंका गरिएको छ ।

बिहीबार उनीहरू चारै जनाको जेल चलान भएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार आनन्दराज श्रेष्ठले जानकारी दिए । यसअघि नक्कली पाइलट लाइसेन्स लिएको विषयमा नवाङ मुछिएका थिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया