शनिबार, चैत्र १५, २०७६
www.samsararemit.com

ट्रष्टको श्वेतपत्रमा माथि जनार्दन शर्माको आपत्ति

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदसमेत रहेका पूर्वगृहमन्त्री जनार्दन शर्माले आफ्नै पार्टीको सरकारप्रति विश्वासको संकट आइपरेको बताएका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले हालै सार्वजनिक गरेको नेपाल ट्रष्टको श्वेतपत्रमा आफ्नो नाम उल्लेख गरेको भन्दै शर्माले झुठा कुरा लेखिएर अश्वेतपत्र जारी गरिएको बताए ।

बिहीबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै शर्माले श्वेतपत्रबारे प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलबाट जवाफ पनि माग गरेका छन् ।

‘श्वेतपत्र भनेको के हो ? कुनै विषयमा जस्ताको त्यस्तै ल्याउनका लागि श्वेतपत्र जारी हुन्छ होला भन्ने मैले बुझेको थिएँ,’ उनले भने, ‘मैले मिडियाबाट थाहा पाएँ, जग्गा लिज दिन फलाना फलाना लागे भन्ने पढें । त्यो पढिसकेपछि तथ्य के होला भनेर खोज्न ट्रष्टको कार्यालय गएर माइन्युट हेर्न निवेदन दिएँ । तर हेर्न दिइएन ।’

लिखित निवेदन दिएर माइन्युट हेर्न माग गरे पनि ताल्चा लगाएको छ खोल्न मिल्दैन भनिएको शर्माले बताए ।

‘मैले कर्मचारीहरूसँग भने, मेरो नाम पनि आयो । गृहमन्त्री हुँदा म ट्रष्टको कार्यालय पसेको पनि थिइनँ,’ उनले भने, ‘तर कसरी आयो मेरो नाम ? कर्मचारीहरूले तपाईं हुँदा बैठक भएको पनि थिएन भनेको भन्नुभयो । कुनै निर्णय भएको छैन हजुरको पालामा भनेर भन्नुभयो । मैले मुख्यसचिवलाई पनि सोधें, कुनै निर्णय भएको थियो त ? उहाँले झुठा भन्नुभयो । म आश्चर्यमा परेँ यो श्वेत पत्र हो कि अश्वेत पत्र हो ?’

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया