शनिबार, चैत्र १५, २०७६
www.samsararemit.com

इटालीमा कोरोना भाइरस ह्‍वात्तै लियो, ४ सय संक्रमित

रोम: इटालीमा कोरोना भाइरसका बिरामीको संख्या ४ सय पुगेको छ । रोकथामका अनेक उपाय लगाउँदा पनि अचानक युरोपमा संक्रमण फैलिएकोमा चिन्ता व्यक्त गरिएको छ । यूरोपमा सबैभन्दा बढी इटाली नै प्रभावित भएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार चीनपछि सबैभन्दा छिटो संक्रमण फैलिएको इटालीमा हो ।

विश्वभर ४० देशका ८० हजार भन्दा धेरै मानिसलाई कोरोना भाइरस संक्रमण लागेको छ । २०१९ को डिसेम्बरदेखि चीनको वुहानबाट सुरु कोरोना भाइरस महामारीकै रुपमा फैलिएको छ । जसकारण अहिलेसम्म २ हजार ७ सय भन्दा धेरैको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै चिनियाँ नै छन् । इटालीमा बुधबार ह्वात्तै कोरोना संक्रमण फैलिएपछि उच्च सतर्कता अपनाउन थालिएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया