शनिबार, चैत्र १५, २०७६
www.samsararemit.com

चीनका लागि नेपाली राजदूत पौड्याल फिर्ताः नयाँ राजदूतमा पाण्डे सिफारिस

सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले पौड्याललाई फिर्ता बोलाएको निर्णय गरेको हो ।

पूर्व मुख्यसचिव पौड्याललाई २०७३ कात्तिकमा चीनका लागि नेपाली राजदूत नियुक्त गरेको थियो । पुष्पकमल दाहाल नेतृत्वको सरकारको सिफारिसमा उनी मन्त्रीस्तरबाट राजदुत नियुक्त भएका थिए ।

नयाँ राजदूतमा पाण्डे सिफारिस

यस्तै आइतबारकै बैठकले नयाँ राजदूतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाण्डेको नाम सिफारिस गरेका थिए । त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति जनाएका थिए ।

ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला पाण्डेलाई राजदूत सिफारिस गरेको थियो । तर ओली सरकार ढले लगतै तत्कालीन माओवादी कांग्रेस गठबन्धनको सरकारले ओली सरकारले सिफारिस गरेका नामहरु फिर्ता लिएको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया