शनिबार, चैत्र १५, २०७६
www.samsararemit.com

कोरोनाले ‘नेपाल भ्रमण बर्ष’ र ‘सगरमाथा संवाद’ स्थगित

कोरोनाको प्रभाव बढ्दै गएपछि सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको प्रकोप अन्य देशमा समेत फैलिएपछि मन्त्रिपरिषद्को बैठकले जोखिम बढेको निष्कर्ष निकाल्दै भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको हो ।

चीनबाट शुरु भएको कोरोना भाइरस अहिले कोरिया, इरान हुँदै युरोप अमेरिका सम्म फैलिसकेको छ । भिजिट नेपालको उद्घाटनमा मात्र सरकारल ५ करोडभन्दा बढी रकम खर्च गरेको थियो ।

यसैबीचः सरकारले पहिलोपटक अन्तर्राष्ट्रिय रूपमा आयोजना गर्न लागेको कूटनीतिक छलफल ‘सगरमाथा संवाद’स्थगित गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथा संवाद स्थगित गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

विश्वव्यापी संकटको रुप लिन थालेको कोरोना भाइरसको असरका कारण नेपालले आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’स्थगित गरिएको हो । चैत २० देखि २२ सम्म आयोजना हुन लागेको कार्यक्रम स्थगित भएको हो ।

संक्रमणको संकट बढ्दै गएका बेला एक महिनापछि हुन लागेको कार्यक्रम अहिलेलाई स्थगन आयोजना मिति केही समय पछि सार्न उपयुक्त हुने निचोडमा परराष्ट्र मन्त्रालय पुगेको स्रोतको थियो ।

सगरमाथा संवादको पहिलो संस्करणमा सरकारले २० देशका कार्यकारी प्रमुखलाई निम्ता गरेको थियो । संवादमा विज्ञसहित करिब एक सय ५० अन्तर्राष्ट्रिय सरोकारवालालाई निमन्त्रणा गरिएको थियो ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया