सोमबार, जेष्ठ १२, २०७७
www.samsararemit.com

हङकङसँग नेपालको लज्जास्पद हारः एसियाकप छनोट मा पुग्ने सम्भावना समाप्त

थाइल्यान्डमा जारी एसीसी स्टर्न रिजन टी-२० क्रिकेटको दोस्रो खेलमा हङकङसँग नेपालले लज्जास्पद हार व्यहोरेको छ । आइतबार बिहान भएको खेलमा हङकङसँग ४३ रनले नेपाल पराजित भएको हो ।

टस जितेर नेपालबाट ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । जवाफमा नेपालले १८.१ ओभरमा १११ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन जोडे । उनले ४३ बलको सामना गर्दै ४ चौका र १ छक्का हिर्काएका थिए। त्यस्तै ओपनर कुशल मल्लले १४ बलको सामना गर्दै १९ रन बनाएका थिए ।

त्यस्तै तेस्रो नम्बरमा आएका पारस खड्का र मध्यम क्रममा आएका कुनै पनि ब्याट्स्म्यान चल्न सकेनन् । पूर्व कप्तान पारस ४ रनमै एलबीडब्लू धरापमा परे । अबिनाश बोहराले ७ बलको सामना गर्दै १२ रन जोडे । आरिफ शेखले १० रन बनाए भने उपकप्तान दीपेन्दसिंह ऐरी ८ बलको सामना गर्दै ५ रनमै पेभिलियन फर्किए।

यसअघि ब्याटिङ गरेको हङकङले राम्रो सुरुवात गरेको थियो । उसका ओपनरले ४७ बलमा ५८ रनको साझेदारी गरेका थिए । उक्त साझेदारी सुशन भारीले ७.५ ओभरमा तोड्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए । उनले २६ रन बनाएर खेलिरहेका ओपनर शाहिद वासिफलाई आरिफ शेखको हातबाट क्याच आउट गराएका हुन् । त्यस्तै दोस्रो विकेट पनि कुशलले नै लिएका थिए । उनले अर्का ओपनर निजकात खानलाई ४८ रनमा पेभिलियन पठाएका हुन् । हङकङका मोहम्मद अजिज खान भने २९ रनमा रनआउट भए ।

यसैगरी लेग स्पीनर सन्दीप लामिछानेले २ विकेट लिए । उनले किंचित साहलाई शून्य र जेम्स एट्किन्सनलाई १३ रनमा आउट गराएका हुन्। नेपालका लागि कुशल मल्लले १ विकेट हात पा रे।

यो हारसँगै नेपाल एसियाकप छनोट चरणमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ। यसअघि शनिबार मलेसियाविरुद्ध ब्याटिङनचल्दा अप्रत्यासित रूपमा नेपालले २२ रनको हार व्यहोरेको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया