शनिबार, चैत्र १५, २०७६
www.samsararemit.com

प्रधानमन्त्री ओली अस्पताल भर्नाः मृगौला प्रत्यारोपण बुधबार, दर्जनभन्दा बढी चिकित्सक खट्ने

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक  मृगौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणमा  डाक्टर, नर्स र स्वास्थ्यकर्मी गरी एक दर्जनभन्दा बढी चिकित्सक खटिने भएका छन् ।

प्रधानमन्त्री ओलीको बुधबार दोस्रो पटक मृगौला प्रत्यारोपण गर्ने तयारी छ । प्रधानमन्त्री ओलीलाई मृगौला दान गर्ने उनकी भान्जी समीक्षा संग्रौला ज्ञवाली पनि अस्पताल भर्ना भएकी छन् ।

अस्पताल कार्यकारी निर्देशक प्रेम खड्गाका अनुसार प्रधानमन्त्रीको मृगौला प्रत्यारोपणको नेतृत्व नेपाली टोलीले नै गर्नेछन् । उनका अनुसार प्रधानमन्त्रीको प्रत्यारोपण र त्यसअघि र पछिका उपचारका प्रक्रियामा खटिने टिममा डा उत्तम शर्मा, डा प्रेम ज्ञवाली, डा पवनराज चालिसे, डा दिव्या सिंह शाह, डा सुवाश आचार्य लगायत रहेका छन् ।

यस्तै उक्त टोलीमा दुई जना एनेस्थेसियाका डाक्टर र ८ जना नर्स तथा स्वास्थ्यकर्मी समेत रहने छन् । प्रधानमन्त्री ओलीको पहिलो पटक प्रत्यारोपण गरेका भारतीय चिकित्सक प्राडा अनन्तकुमार र अर्का एक प्रतिनिधी नेपाल आइसकेको स्रोतले जनाएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया