शनिबार, चैत्र १५, २०७६
www.samsararemit.com

बर्दीमै बलात्कार गरेको उजुरीपछि पूर्वडिएसपी खिउजू पक्राउ

बलात्कारको अभियोगमा फरार रहेका पूर्व डिएसपी राजकुमार खिउजू पक्राउ परेका छन् । बुधबार दिउँसो महानगरीय प्रहरी परिसर जावलाखेलबाट खटिएको टोलीले उनलाई भक्तपुरबाट पक्राउ गरेको हो ।

२१ वर्षीया युवतीलाई चापागाउँस्थित प्रहरी कार्यालयमा जबरजस्ती करणी गरेको अभियोगमा पूर्वडिएसपी राजकुमार खिउजूविरूद्ध प्रहरीमा गत माघ २२ गते उजुरी परेको थियो ।

एक वर्षअघि चापागाउँस्थित प्रहरी कार्यालयमा प्रहरी रिपोर्ट बनाउन जाँदा आफूलाई खिउजूले बलात्कार गरेको निवेदनमा उल्लेख छ । त्यसपछि ६ महिनासम्म निरन्तर खिउजूबाट बलात्कारमा परेको पनि ती युवतीले निवेदनमा लेखेकी छन् ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया