मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

अमिर दोङ अभिनित ‘ह्वाम्ला मायासे’ बोलको गीत आयो

तामाङ समुदायका महानायक अमिर दोङ अभिनित ‘ह्वाम्ला मायासे’ बोलको गीत बजारमा आएको छ । तामाङ समुदायका नायकको उपनामले परिचित दोङलाइ फरक लुक्समा भिडियोमा देख्न सकिन्छ ।

तामाङ समुदायमा सबैभन्दा धेरै चलचित्रमा नायकको भूमिकामा अभिनय र निर्देशन गरेका दोङले नेपाली चलचित्र ‘सुर्य किरण’ समेत निर्देशन गरिसकेका छन् । उनले १ हजार भन्दा बढी भिडियोमा अभिनय गरिसकेका छन । तामाङ फिल्म होस या म्युजिक भिडियोमा फरक र नयाँपन ल्याउने गरेका दोङले यो भिडियोमा नयाँ प्रयोग गरेका छन ।

दिपेश प्रधानले मिक्सिङ गरेको गीतमा शब्द, सङ्गित र स्वर चर्चित गायक एंव संगीतकार बिशाल काल्तानको रहेको छ भने चर्चित गायिका जितु लोप्चनले आवाज साथ दिएकी छिन ।  भिडियोमा सम्पादन,कोरियोग्राफ र अभिनय स्वंय अमिर दोङ्को रहेको छ भने मिस तामाङ २०१८ फस्ट रनर अप रन्जिता लामाको अभिनय एकसाथ देख्न सकिन्छ ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया