शनिबार, चैत्र १५, २०७६
www.samsararemit.com

दोलखाकी ‘डीएफओ’ सहति तीन जना दुई लाख घुससहित पक्राउ

वन कार्यालय दोलखाकी प्रमुख उपसचिव सन्तमाया श्रेष्ठ दुई लाख घुससहित भक्तपुर गठ्ठाघरबाट पक्राउ परेकी छन् । दोलखाबाट काठमाडौं जाँदै गरेको बा १ झ ७६८५ नम्बरको सरकारी गाडीबाट अख्तियारको टोलीले डिभिजन वन कार्यालय दोलखाकी प्रमुख उपसचिव श्रेष्ठलाई दुई २ लाखसहित बिहीबार साँझ पक्राउ गरेको हो।

उनीसँगै अन्य ३ जनालाई नियन्त्रणमा लिएको अख्तियाले  जनाएको छ । अख्तियारको टोलीले दुई लाख ३ हजार नगदसहित श्रेष्ठ सहित तीन जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा कार्यालय सहयोगी र चालक रहेको अख्तियार स्रोतले जनाएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया