शनिबार, श्रावण ३१, २०७७
www.samsararemit.com

मदिरा सेवनबाट धनुषामा पाँच जनाको मृत्यु

धनुषामा मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-२ स्थित रमदैया भवाडीमा मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएको हो ।
होली पर्वमा अत्यधिक घरेलु मदिरा सेवन गरेका पाँचै जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले जनाएको छ ।

मृत्यु हुनेहरुमा क्षिरेश्वरनाथ नगरपालिका-२ रमैदयाका ३० वर्षीय राजु महरा, रामनारायण महरा, ३५ वर्षीय ब्रहमदेव यादव, ३६ वर्षीय गुदरी महरा र ४२ वर्षीय बिलास मण्डल रहेको प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए ।

मृतकहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा ल्याएको जनाएको छ । घटनाको अनुसन्धानमा मृतकहरुको घरपरिवारसँग सोधपुछ जारी रहेको प्रहरीको भनाई छ । अघिल्लो वर्ष दशैंमा घरेलु मदिराको कारण आधा दर्जन व्यक्तिको मृत्यु भएको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया