शनिबार, चैत्र १५, २०७६
www.samsararemit.com

१२ दिनपछि बालुवाटार फर्के प्रधानमन्त्री ओली: राजनीतिक भेटघाट र हिडडुल नगर्ने

त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । साँझ डिस्चार्ज भएका प्रधानमन्त्री ओली अस्पतालबाट सिधै बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गएका छन् ।

अस्पतालबाट डिस्चार्ज हुँदा प्रधानमन्त्री मन्द मुस्कानसहित हात हल्लाउँदै बाहिर निस्किएका छन् । तर, उनलाई चिकित्सक र उनका सहयोगीले पछाडीबाट समातेर भरोषा दिएका थिए । प्रधानमन्त्री ओली कालो टोपीमा हात हल्लाउँदै मुस्कान सहित गाडीमा चढेका थिए ।

फागुन १९ गते मिर्गौला प्रत्यारोपणका लागि उनी अस्पताल भर्ना भएका थिए । उनको फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । उनलाई भान्जी समिक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन । समीक्षा बुधबार डिस्चार्ज भइसकेकी छन् ।

प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको हो । यसअघि उनको १२ वर्ष पहिले भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया