शनिबार, चैत्र १५, २०७६
www.samsararemit.com

कोरोना विरुद्ध सार्क मुलुकले साझा रणनीति बनाऔंः प्रधानमन्‍त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्ध सार्क मुलुकले साझा रणनीति बनाउनुपर्ने बताएका छन् । संक्रमिण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्ष एवम् प्रधानमन्त्रीबीच आइतबार साँझ भएको भिडियो कन्फरेन्समा ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अस्पतालको क्षमता बढाएको, रक्षात्मक उपकरण र स्वास्थ्यकर्मीलाई प्रेरित गर्न सुविधा बढाएको प्रष्ट पारे । ‘हामीले अस्पतालको क्षमता बढाइराखेका छौँ’, उनले भने, ‘साथै स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्न रक्षात्मक उपकरण र सुविधा प्रदान गरेका छौँ’ ।

ओलीले कोरोना भाइरस संक्रमणविरुद्ध लड्न सार्क राष्ट्रबीच भिडिओ सम्मेलन गराएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवादसमेत दिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने बताएपछि कन्फरेन्स भएको हो ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया