शनिबार, चैत्र १५, २०७६
www.samsararemit.com

एसइई सहित ‘चैतमा हुने विश्‍वविद्यालयका सबै परीक्षा स्थगित’

सरकारले बिहीबार देखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले एसइइ परीक्षा स्थगित गर्ने निर्णय गरिएको बताए । कोरोना संक्रमणको प्रभाव बढ्दै गएपछि सरकारले चैत ६ गतेदेखि तय गरिएको एसइई परीक्षा स्थगित गरेको हो । यस्तै सरकारले एसईईसहित चैतमा हुने विश्‍वविद्यालयका सबै परीक्षा स्थगित गरेको ।

त्रिविले यसबारे आधिकारिक निर्णय भने बिहीबार गर्ने जनाइएको छ । चैत १७ गतेसम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी सहभागी हुँदै थिए ।

यसअघि सरकारले चैत ५ गतेसम्म कक्षा १ देखि ९ सम्मका परीक्षा गरिसक्न अनुरोध गरेको थियो । सोअनुसार अधिकांश विद्यालयले बुधबारसम्म सबै परीक्षा सञ्चालन गरिसकेका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया