मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

कोरोना संक्रमणले इरानमा प्रत्येक १० मिनेटमा १ जनाको मृत्यु

एजेन्सी- इरानको स्वास्थ्य अधिकारीका अनुसार कोरोना भाइरसको संक्रमणका कारण हरेक १० मिनेटमा एक जनाको मृत्यु भइरहेको छ ।  इरानका स्वास्थ्य मन्त्रालयका प्रवक्ता क्लानुस जाहनपुरले टुइट गरेर यो जानकारी दिएका हुन् ।

सरकारले विद्यालय र विश्वविध्यालय बन्द गर्ने निर्णय गरिसकेके छ । कोरोना भाइरस फैलन नदिन उसले सामाजिक, साँस्कृतिक र खेलकुदसम्बन्धी कार्यक्रम गर्न रोक लगाइसकेको छ ।

इरानमा एक हजार २ सय ८४ जना कोराना भाइरसबाट मृत्यु भइसकेको छ । शुक्रबारसम्म १८ हजार ४ सय ७ जना विरामी पुष्टि भइसकेको छ भने ५ हजार ९ सय ७९ जना उपचारपछि घर फर्किएका छन् । इरानमा फेब्रुअरी २१ मा पहिलो पटक कोरोनाको संक्रमण देखिएको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया