शनिबार, चैत्र १५, २०७६
www.samsararemit.com

मुम्बई सहित ४ सहर लकडाउन, दिल्लीमा सबै सपिङ मल पनि बन्द

एजेन्सीः भारतको महाराष्ट्र सरकारले राज्यका ४ सहर लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले मुम्बई, पुणे, पिम्परी, नागपुर तथा एमएमआर क्षेत्रलाई लकडाउन गर्ने निर्णय गरेको हो ।

जसअनुसार ३१ मार्चसम्म लकडाउन हुनेछ । यसअनुसार जरुरी पसल तथा सेवाबाहेक सबै पसल बन्द रहनेछन्। महाराष्ट्रमा हालसम्म ५२ जनामा संक्रमण देखिएको छ भने एक जनाको मृत्यु भएको छ । सरकारी घोषणाअनुसार किराना, तरकारी तथा औषधि पसल बन्द रहनेछन् ।

यस्तै,दिल्लीमा पनि सबै सपिङ मल बन्द गरिएका छन् । दिल्ली सरकारले सबैजसो सपिङ मल बन्द गर्न निर्देशन दिएको हो । यदि दिल्ली सरकारले दिएको निर्देशन सपिङ मलले उल्लंघन गरेमा कारबाही गर्ने चेतावनी दिइएको छ । तर, अत्यावश्यक सामानको रुपमा रहेको किराना, औषधि पसलजस्ता पसल भने सञ्चालन हुने भएका छन् । अहिलेसम्म भारतमा ५ जनाको मृत्यु हुनुका साथै २ सय ६ जनामा संक्रमण देखिएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया