शनिबार, चैत्र १५, २०७६
www.samsararemit.com

जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्दा थप शुल्क नलाग्ने

कोरोना संक्रमण रोक्ने सरकारी नीतिलाई सघाउन बैंकको जुनसुकै एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलिने भएको छ । नेपाल बैकर्स संघले अन्तर बैंक एटिएम कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था जनाएको छ ।

यस्तै संघले मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार गर्दा पनि शुल्क नलाग्ने निर्णय पनि गरेको छ । शुक्रबार बसेको संघको बैठकले बैंकहरुमा ग्राहकको भिड कम गर्न डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने निर्णय समेत गरेको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया