शनिबार, चैत्र १५, २०७६
www.samsararemit.com

लकडाउन उलंघन गर्ने १०६३ सवारी साधन नियन्त्रणमा 

लकडाउनको दोस्रो दिन काठमाडौं उपत्यकामा नियम उलंघन गरी सवारी साधन चलाउने १०६३ वटा मोटरसाइकल र गाडी महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानबाट १०६३ सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।

अटेर गरी लकडाउन उलंघन गरी सञ्चालन गरेका ९२९ वटा दुई पांग्रे र १३४ वटा साना तथा ठूला सवारी गरी जम्मा १०६३ सवारी साधन नियन्त्रणमा लिइएको महाशाखा प्रमुख ‘एसएसपी’ भिम प्रसाद ढकालले जानकारी दिए ।

नियन्त्रणमा लिएका सवारी साधनलाई बुधबार दिनभर नियन्त्रण लिई सम्झाई बुझाई छाडिएको प्रमुखले ढकालले बताए । साथै घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाई बुझाई गरी घरतर्फ नै फर्काईएको छ । अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्वसाधारणलाई घरबाट ननिस्कन समेत प्रहरीले आग्रह गरिएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया