सोमबार, जेष्ठ १२, २०७७
www.samsararemit.com

तातोपानी र रसुवा नाका खोल्ने सरकारको निर्णय

सरकारले सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका खुलाउने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिले कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले मालसामान आयात निर्यात गर्न सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका खुलाउे निर्णय गरेको हो । बुधबार बसेको बैठकले माघ १५ गतेदेखि बन्द रहेको उक्त नाका खुलाउने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालय र कृषि तथा पशुपंन्छी विकास मन्‍त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने निर्णय भएको छ । उक्त निर्णय अनुसार त्यसको आवश्यक समन्वय गृह मन्‍त्रालय र अर्थ मन्त्रालयले गर्ने उल्लेख छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया