मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

सरकारले नसकेको काम पूर्वमन्त्री बस्नेतले गरेः स्वास्थ्य सामाग्री बाँढ्दा पुलिस बन्यो तगारो 

 

सिन्धुपाल्चोकः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सडक मजदुर र वृद्धवृद्धाहरुलाई खाद्य सामाग्री तथा स्वास्थ्य सामाग्री वितरण गरेका छन् । सिन्धुपाल्चोक जिल्लाको विभिन्न स्थानमा पुगेर पूर्वमन्त्री बस्नेतले ५३ जना मजदुर र वृद्धवृद्धाहरुलाई चामल, दाल, नुन, तेल र हात धुने साबुन तथा स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।

कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले गरेको लकडाउनले दैनिक जीवन यापन गर्न समस्या परेका नागरिकलाई १५ केजीका दरले चामल, दाल, नुन, तेल र साबुन वितरण गरेका हुन् । कमजोर आर्थिक अवस्था भएका ८२ वर्षिय तुलसी श्रेष्ठको घरमै पुगेर नेता बस्नेतले राहत सामग्री हस्तान्तरण गरेकोमा खुसी व्याक्त गरे । कमजोर आर्थिक अवस्थाका कारण उनि काठको फल्याकमाथि सुत्दै आएका थिए । उनलाई नेता बस्नेतले डसना ब्ल्यांकेट र थप खाद्यय सामाग्री वितरण गरेका थिए ।

यस अघि पनि पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोकका दुई स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामाग्री वितरण गरेका थिए । नेता बस्नेतले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यो विपत्तिको घडीमा ज्यालदारीमा निर्भर श्रमिकहरुलाई तत्काल राहत घोषणा गर्न माग गरेपनि सरकारले अटेर गरेको आरोप लगाए । बस्नेतले मजदुर,श्रमिक र न्यून आय भएका व्यक्तिहरुलाई भोकै बस्नु पर्ने समस्याबाट मुक्त गर्न कांग्रेस लागि पर्ने बताए ।

यसै बीच लकडाउनका बेला जनतालाई भेला गर्दै राहत वितरण गरेको भन्दै पूर्व मन्त्री बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला प्रहरीले पूर्व मन्त्री बस्नेतलाई पक्राउ गरेको हो । उनले वितरण गरिरहेको राहत सामाग्री समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया