मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

ओम्नी समूहसँग भएको सम्झौता रद्दः स्वास्थ्य मन्त्रीको राजीनामा खोइ ?

सरकारले भाइरसको रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्ध गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले उक्त समूहसँगको सम्झौता रद्ध गरेको जानकारी गराएका हुन् ।

यसअघि सरकारले चीनबाट उक्त समूहसँगको सम्झौता अनुसार विभिन्न स्वास्थ्य सामग्री ल्याएको थियो । स्वास्थ्य सामग्री खरिद विवादास्पद बनेपछि उक्त समूहसँगको सम्झौता विभागले रद्ध गरेको हो ।

सम्झौता रद्ध गर्दै विभागले ५ करोड रुपैयाँ धरौटी जफतको निर्णय गरेको छ । उक्त समूहसँगको सम्झौता रद्ध भएसँगै विभागले तीन दिनभित्र टेन्डर आह्वान गर्ने भएको छ ।

सरकारले चैत ११ गते २४ घन्टे सूचना जारी गर्दै १ करोड ३ लाख ९४ हजार ४ सय डलरमा ओबिसिआईसँग औषधि तथा मेडिकल उपकरण खरिदको सम्झौता गरेको थियो ।

सम्झौताअनु्सार आइतबार मात्रै नेपाल एयरलाइन्सको चार्टर जहाज मार्फत् आबीसिआईले २३ लाख ९४ हजार डलर बराबरको सामान ल्याएको थियो ।

कोरोना नियन्त्रणका लागि चीनमा खरिद गरिएको सामाग्री उच्च मूल्यको रहेको भन्दै आलोचना भएपछि स्वास्थ्य मन्त्रालयलयले विश्वव्यापी रुपमै सामानको अभाव रहेकाले स्वास्थ्य सामाग्रीको मूल्य केही बढी भएको दाबी गरेको थियो ।

आइतबार मात्रै स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठले नेपाललाई सामान दान दिने अलिबाबा लगायतकाको मूल्यसूची पनि पहिलाको भन्दा बढी भएको तर्क गर्दै नेपालले खरिद गरेको सामानमा कुनै बदमासी नभएको दाबी गरेका थिए । तर नेपालले खरिद गर्ने भनिएका सामग्रीको मूल्य अलिबाबालगायतकाले सहयोग गरेको सामानको मूल्यभन्दा पनि उच्च थियो ।

यसै बीच औंषधी खदिर प्रकृयामा अनियमिताको आरोप खेपिरहेका विबादास्पद स्वास्थ्य मन्त्री भानुभक्त ढकालले राजीनामा दिनु पर्ने सामाजिक संञ्जालमा आवाज उठेको छ । मन्त्री ढकालले यसबाट उत्पन्न हुँने अन्य विपत्तीको पनि जिम्वारी दिनु पर्ने कतिपयको भनाइ छ ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया