शनिबार, श्रावण ३१, २०७७
www.samsararemit.com

१० प्रतिशत छुटमा साल्ट ट्रेडिङले खाद्यान्न सामाग्री बिक्री गर्दै

साल्ट ट्रेडिङले सहुलियत मुल्यमा दैनिक उपभोग्य सामग्रीको बिक्री वितरण गरिरहेको छ । सरकारको निर्णय अनुसार लकडाउनको समयमा उपभोक्ताको घर-घरमा पुर्याएर १० प्रतिशतसम्म सहुलित मूल्यमा खाद्यान्न बिक्री वितरण गरेको साल्ट ट्रेडिङले जनाएको छ ।

कर्पोरेशनले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा खाद्यान्न सामाग्री पुर्याइरहेको छ । साल्ट ट्रेडिङले एक व्यक्तिलाई २ केजीसम्म दैनिक उपभोग्य वस्तु खरिद गर्न मिल्ने व्यवस्था गरेको छ । कोरोना भाइरसको संक्रमणबाट जाेगिने सुरक्षाका उपाय अपनाउँदै खाद्यान्न सामाग्री बिक्री वितरण गरिएको हो ।

सरकारी निजी साझेदारीको नमुना बनेको साल्ट ट्रेडिङले चामल, खाने तेल, नुन, मैदा, दाल, गेडागुडी, ग्यास लगायत दैनिक उपभाेग्य बस्तुहरू बिक्री गर्दै आएकाे छ । हाल कर्पाेरेशनले चिनीमा १० प्रतिशत छुट दिएकाे छ । चामल, नुन, मैदा, दाल तथा गेडागुडीमा साविककाे मूल्यमा थाेरै घटाइएकाे छ । साल्ट ट्रेडिङले सस्तो मुल्यमा चैत १९ गते देखि खाद्य सामाग्री वितरण गर्दै आएको हो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया