मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

जुम्लामा कोरोना सम्बन्धी सचेतनाः ३ हजार घर परिवारलाई साबुन वितरण

जुम्ला जिल्लामा कोरोना भाइरस संक्रमण रोक्न ३ हजार घर परिवारलाई साबुन वितरण तथा सचेतना कार्यक्रम आयोजना गरिएको छ । शुक्रबार आयोजित कर्यक्रममा जुम्लाको कनकासन्दरी गाउँपालिका, सिजा स्थित १,२,३,४,५,६,७ र ८ नम्बर वडामा सबुन वितरण गर्नुका साथै सचेतना कार्यक्रम आयोजना गरिएको हो । नेपाली कांग्रेस तरुण दलका नेता लाल बहादुर जिसिको अग्रसरतामा कोरोना भाइसर विरुद्ध सबुन वितरण र सचेतना कार्यक्रम गरिएको हो ।

स्थानीय प्रतिधिहरुको सहभागितामा गरिएको कार्यक्रमा ३ हजार घर परिवारलाई सावुन वितरण गरयो भने नेता जिसि सहित स्थानीय जन प्रतिनिधिहरुले घर घरमा पुगेर सचेतना कार्यक्रम गरेका हुन् ।

कार्यक्रमको लागि आर्थिक सहयोग तरुण दल नेता जिसि, नेपाली कांग्रेस जुम्ला जिल्ला सचिव कर्ण बहादुर शाही, नेबि संघ पुर्व अध्यक्ष भक्त बुढा, नेपाली कांग्रेस कनकासुन्दरी गाउँपालिका सभापति लाल बहादुर बुढा, नेबि संघ नेता घनश्याम थापा, समाजसेबि मुनि बुढाले जुटाएका थिए ।

यो समाचार तयार पर्दा सम्म संसारभरी ५४,४६३ जनाको कोरोना भाइसरका कारण मृत्यु भइसेको छ भने १०,३४,०९८ जनामा संक्रमण देखिएको छ । नेपालमा भने ६ जनामा कोरोना संक्रमण भएको पुष्टी भइसेको छ ।

 

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया