मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

कैलाली र कञ्चनपुरका ३ जनामा कोरोनाः संक्रमितको संख्या ९ पुग्यो

कैलाली र कञ्चनपुर जिल्लामा ३ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । भारतको मुम्बइ र उत्तराखण्डबाट फर्किएका २ जना पुरुष र कैलालीकै एक जना महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको नयाँ तथ्यमा मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीया महिलामा संक्रमण देखिएको हो ।

पहिलो पटक विदेशबाट आएका नभइ नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको यो पहिलो घटना हो । योसँगै कोरोना भाइरस संक्रमितको संख्या ९ पुगेको छ । जसमध्ये एकजना भने निको भएर घर फर्किसकेका छन् । संक्रमित भएकाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

हालसम्म ५ वटा जिल्लामा कोरोना संक्रमण देखिएको छ। काठमाडौं, बागलुङ, धादिङ र कैलाली र कञ्चनपुर गरी ५ जिल्लामा संक्रमण देखिएको हो । सरकारले टेकुमा मात्र भइरहेको नमुना परीक्षणको दायर बढाएर सातै प्रदेशमा पुर्‍याएको छ । यो सँगै नेपालमा कोरोना भाइसर संक्रमितको संख्या ९ पुगेको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया