मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

बैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णयः कोरोनाले ७५ हजारको मृत्यु

सरकारले थप एक साता लकडाउन लम्ब्याउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले थप एक साता लकडाउन थप गर्ने निर्णय गरेको हो ।

सरकारले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गतेसम्म लकडाउन गरेको थियो । पहिलो चरणको लकडाउन पछि फेरि सरकारले चैत २५ गते राति १२ बजेसम्मलाई लकडाउन लम्ब्याएको थियो । योसँगै लकडाउनको समय थपेको सरकारले तेस्रो पटक हो ।

दोस्रो पटक लकडाउन थप गरेपछि सुदूरपश्‍चिममा एकै पटक तीन जनामा कोरोना संक्रमण देखिएको थियो । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९ पुगेको छ । भने विश्व भर कोरोना भाइरसको संक्रमण झण्डै १३ लाख पुगेको छ । कोरोनाबाट ७५ हजारको ज्यान गइसकेको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया