मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

पत्रकारलाई एन ९५ मास्कः  मन होस् अभियन्ता ‘मल्ल’को जस्तो 

कम्प्यासन फोर ह्यूमानिटी अर्थात ‘मानवताका लागि करुणा’ अभियानले कोरोना भाइसरको संक्रमणबाट बच्न काठमाडौं प्रेसलाइ मास्क वितरण गरेको छ ।  कम्प्यासनका मुख्य अभियन्ता राधेश्याम मल्लले काठमाडौं प्रेसका प्रवन्ध सम्पादक गोविन्द परियारलाई सोमबार मास्क वितरण गरेका हुन् । कोरोना भाइरस संक्रमण रोक्न महत्व पूर्ण साधनको रुपमा एन ९५ मास्क वितरण गरिएको हो ।

कोरोना भाइसरको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनमा पनि पत्रकार फिल्डमै खटिएर काम गर्नु पर्ने भएका कारण कम्प्यासन फोर ह्यूमानिटी अन्तर्गत १० वटा एन ९५ मास्क वितरण गरिएको मुख्य अभियन्ता मल्लले जानकारी दिए । कम्प्यासनले असहज परिस्थितमा मानविय सहयोग गर्दै आएको छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि नेपालमा पनि मास्कको चरम अभाव छ ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया