मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ । बोर्डले वैशाख ८ गतेदेखि सञ्‍चालन गरिने कक्षा १२ र वैशाख १ गतेदेखि सञ्‍चालन गरिने कक्षा ११ को वार्षिक परीक्षा चैत २२ गतेको निर्णयअनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिको हो ।

विश्‍वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणको जोखिम बढेको असहज परिस्थितिका कारण वार्षिक परीक्षा स्थगित गर्नुपरेको बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका सबै प्रदेश परीक्षा व्यवस्थापन कार्यालय तथा शाखा कार्यालयहरुलाई सोही बमोजिम गर्नु गराउनुसमेत सूचित गरिएको छ ।

विद्यार्थी, अभिभावक लगायत सम्पूर्ण नागरिकहरु यस संक्रमणको महामारीबाट जोगिनको लागि सावधानीपूर्वक रहन र सामाजिक दूरी कायम गर्न हुनसमेत बोर्डले आग्रह गरेको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया