मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

इङ्गल्याण्ड सुन्दरी चिकित्सा पेशामा

एजेन्सी- बेलायतमा कोरोना भाइरसको संक्रमण बढेपछि मिस इङ्गल्याण्ड भाषा मुखर्जी मोडलिङको दुनियाँ छाडेर चिकित्सा पेशामा फर्किएकी छिन् । मिस वर्ल्ड २०१९ मा बेलायतको प्रतिनिधित्व गरेकी उनी जुनियर चिकित्सकको रुपमा काममा फर्किएको सीएनएनले जनाएको छ ।

उनी चिकित्सा पेशामा फर्कनुअघि आफैं १४ दिनको होम आइसोलेसनमा बसेकी थिइन् । त्यसपछि उनी चिकित्सा पेशामा काममा फर्किएकी हुन् ।

विश्वभर च्यारिटी कार्यक्रममा सहभागी हुने क्रममा भारत आइपुगेकी उनी कोरोना संक्रमणका कारण स्वदेश फर्किएकी थिइन् । उनले पहिला काम गरेको अस्पतालका साथीहरुले बिरामीको अवस्थाबारे जानकारी गराएपछि अस्पताल प्रशासनसँग सम्पर्क गरेर काम गर्ने ईच्छा व्यक्त गरेकी थिइन् । उनी पहिला जुनियर चिकित्सकको रुपमा काम गरेको पिलिग्रिम अस्पताल व्यवस्थापनले सहमति जनाएपछि उनी काममा फर्किएकी हुन् ।

उनले सीएनएनलाई विश्व नै संकटमा परेको र आफ्ना साथीहरु मानिसहरुको ज्यान जोगाउन खटिइरहेका बेला आफूलाई मिस इङ्गल्याण्डको ताज लगाएर हिँड्न नसुहाउने प्रतिक्रिया दिएकी छिन् । मुखर्जी भारतीय मुलकी बेलायती नागरिक हुन्। उनको परिवार उनी नौ वर्षको हुँदा भारतबाट बेलायत पुगेको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया