मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

कोरोनाबाट मर्नेको संख्या एक लाख नजिकः १४ लाख भन्दा बढी संक्रमित 

 

कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या १ लाख नजिक पुगेको छ । मंगलबार सम्म कोरोना भाइरसका कारण संसारभर ८१,०४९ जनाको दुखद निधन भएको हो । मंगलबार मात्रै विभिन्न मुलुकमा ६५६३ जनाको कोरोनाको कारण मृत्यु भएको छ । मंगलबार सबै भन्दा धेरै अमेरिकार र फ्रान्समा ज्यान गुमाउनेहरुको संख्या ज्यादा  छ । अमेरिकामा १५२२ जनाको कोरोना भाइरसका कारण मृत्यु भयो भने फ्रान्समा १४१७ जनाले ज्यान गुमाउनु पर्यो ।

यो समाचार तयार पार्दा सम्म १४ लाख १४ हजार १ सय २७ जना कोरोना भाइरसबाट संक्रमित छन् । जसमध्ये अमेरिकामा मात्रै ३ लाख ८८ हजार ३३६  जना संक्रमित छन् । स्पेन इटाली फ्रान्स र जर्मनीमा एक एक लाख भन्दा बढीको संख्यामा संक्रमित छन् ।  पछिल्लो समय संक्रमितको संख्या अमेरिकामा अत्यास लाग्दो ढंगले बढेको छ । फ्रान्स र बेलायतमा पनि मर्नेहरुको संख्या डरलाग्दो छ ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया