मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

दैनिक खर्च कटाएर महावीर पुनको अभियानमा अभियन्ता मल्ल

महावीर पुनको अभियानमा सामाजिक अभियन्ता राधेश्याम मल्ल जोडिएका छन् । कोरोना भाइरसका कारण चैत ११ गते देखि भएको लकडाउनको कारण काठमाडौंको किर्तीपुर स्थित राष्ट्रिय आविस्कार केन्द्रले तयार पारेको पीपीई तथा कोरोना शंकास्पद एवं संक्रमितको उपचारमा बिरामी जाँच्ने बुथ विभिन्न अस्पताल पुर्याउन कठिनाही भएको थियो ।

पुनले तयार परेका सामाग्री कार्यस्थल सम्म पुर्याउन कठिनाही भएको जानकारी पाएपछि सामाजिक अभियन्ता राधेश्याम मल्ल सहयोगका लागि जुटेका थिए । अभियन्ता मल्लले आविस्कार केन्द्रलाई बा १२ च ९७९१ नम्बरको टाटा भ्यान जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पास सहित उपलब्द्ध गराएका थिए । भ्यान उपलब्द्ध भएपछि पञ्च कन्या ग्रुपको सहयोगमा आविस्कार केन्द्रले निर्माण गरेको सामाग्री सजिलै विभिन्न अस्पताल पुगेको छ ।

आविस्कार केन्द्रले निर्माण गरेको कोरोना शंकास्पद एवं संक्रमितको उपचारमा संलग्न चिकित्सको सुरक्षाका लागि पीपीई तथा बिरामी जाँच्ने बुथ लगायतका समाग्री निर्माण गरिरहेको छ ।

। पहिलो चरणमा पाँच दिनका लागि उपलब्द्ध गराइएको उक्त भ्यानको लाग्ने खर्च अभियन्ता मल्लले दैनिक खर्च कटाएर बन्दोबस्त गरेका हुन् । सामाजिक अभियन्ता मल्लले कम्प्यासन फोर ह्युमानिटी अर्थात मानवताका लागि करुणा भन्ने अभियान चलाइरहेका छन् । यो अभियान अन्तर्गत मल्ल लामो समय देखि सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् ।

 

 

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया