शनिबार, असार २७, २०७७
www.samsararemit.com

कोरोनाका कारण मर्नेको संख्या एक लाख नाघ्योः संक्रमित १७ लाख

कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या १ लाख नागेको छ । शुक्रबार सम्म कोरोना भाइरसका कारण संसारभर १ लखा २ हजार ७ सय ४७ जनाको दुःखद निधन भएको हो । शुक्रबार मात्रै विभिन्न मुलुकमा ७००३ जनाको कोरोनाको कारण मृत्यु भएको छ । सबै भन्दा धेरै शुक्रबार अमेरिकारमा २०३४ जनाको कारण ज्यान गुमाउनु पर्यो । कोरोना भाइरसका कारण बेलायत फ्रान्स स्पेन इटालीमा दैनिक हजारौ मानिसहरुको मृत्यु भइरहेको छ ।

यो समाचार तयार पार्दा सम्म १७ लाखमा  कोरोना भाइरसबाट संक्रमित छन् । जसमध्ये अमेरिकामा मात्रै ५ लाख भन्दा बढी संक्रमित छन् । स्पेन इटाली फ्रान्स र जर्मनीमा एक एक लाख भन्दा बढीको संख्यामा संक्रमित छन् ।  पछिल्लो समय संक्रमितको संख्या अमेरिकामा अत्यास लाग्दो ढंगले बढेको छ । फ्रान्स र बेलायतमा पनि मर्नेहरुको संख्या डरलाग्दो छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया