मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

लण्डनबाट आएका एकै परिवारका तीन जनामा कोरोना भाइरस पाटन अस्पताल भर्ना

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनामा र्‍यापिड डाइग्नोस्टिक टेस्टबाट उनीहरुमा काेराेना संक्रमण भएको संभावना देखिएपछि पाटन अस्पताल भर्ना गरिएकाे छ ।

तीन जना मध्ये बुवा, आमा र छोरी छन् ।  उनिहरु झन्डै एक महिनाअघि लण्डनबाट नेपाल आएका थिए । उनिहरुको र्‍यापिड टेस्ट गर्दा काेराेना भाइरसकाे एन्टीबडी देखिएकाे हो । अहिले उनिहरु तीनै जनालाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।

उहाँहरूको स्वास्थ्य अवस्था सामान्य भएको चिकित्सकले बताएका छन्  । उनीहरु सनसिटी अपार्टमेन्टमा बस्दै आएका थिए । उनीहरु गत चैत पहिलो साता नेपाल आएका थिए । सरकारले गत चैत महिनामा विदेशबाट उपत्यकामा आएका सबैको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्ने भनेको थियो ।

साथै यो किट्ले परीक्षण गर्दा काेराेना संक्रमणको संभावना देखिएपछि त्यसलाई फेरि पिसिआर विधिबाट पुनः परीक्षण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । पाटन अस्पतालले तीनै जनाको पिसिआरबाट परीक्षण गर्ने तयारी गरिरहेको छ ।

कहिलेकाही किट्ले काेराेनाकाे भाइरसविरुद्ध लड्ने एन्टीबडी शरीरमा देखाए पनि काेराेना भाइरस नहुन सक्छ । बागलुङकी एक महिलाको परीक्षणमा किट्ले पोजेटिभ देखाएको थियो भने पिसिआरले परीक्षण गर्दा नेगेटिभ देखिएको थियो ।

कुनै व्यक्तिलाई कोरोना संक्रमण भएपछि त्यसविरुद्ध लड्न शरीरले एन्टीबडी उत्पादन गर्छ । एन्टीबडीले कोरोनाभाइरसलाई नष्ट गरिसकेपछि पनि शरीरमा एन्टीबडी कायमै रहन्छ ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया