मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

कोरोनाले २४ घण्टामा साढे ८ हजारको मृत्युः अमेरिकामा लकडाउनविरुद्ध बन्दुक प्रदर्शन

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ८ हजार ६७२ जनाको ज्यान गएको छ । यो मध्ये सबैभन्दा धेरै अमेरिकामा २ हजार ५३५ जनाले ज्यान गुमाएका छन् ।

चीनमा १२ जनाको पछिल्लो २४ घण्टामा ज्यान गएको छ । बेलायतमा ८५७, फ्रान्समा ७६१, स्पेनमा ६८७ तथा इटालीमा ५७५ जनाको २४ घण्टामा ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा ८६ हजार ४९७ कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । यसमध्ये अमेरिकामा मात्रै ३२ हजार १६५ संक्रमितको पहिचान भएको छ ।

इटालीमा ३ हजार ४९३, बेलायतमा ५ हजार ५९९, स्पेनमा ५हजार १८९ तथा जर्मनीमा ३ हजार ६९९ जना नयाँ संक्रमित पछिल्लो २४ घण्टामा पहिचान भएका छन् । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ५४ हजार १५६ छ पुगिसकेको छ ।

यसै बीचः कोरोना भाइरसको संक्रमण फैलिन नदिन धेरै देशहरुले लकडाउन गरेका बेला ।  अमेरिकाका बिभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु बन्दुक बोकेर लकडाउनविरुद्ध प्रदर्शनमा उत्रिएका छन् ।

अमेरिकाका मिशिगन, ओहियो, उत्तरी क्यारोलिना, मिनेसोटा, भर्जिनिया, केन्टकी, ओहायो, उटा लगायतका स्थानमा विरोध प्रदर्शन भएको बीबीसीले जनाएको छ । यी राज्यहरु डेमोक्रेट्स पार्टीको नेतृत्वमा छन् ।

लकडाउनले अर्थव्यवस्था डामाडोल हुने भन्दै गरिएको यो प्रदर्शनको समर्थन राष्ट्रपति ट्रम्पले गरेका छन् । ट्रम्पले प्रदर्शन भएका स्थान ट्वीटरमा उल्लेख गरेरै लकडाउन खुकुलो पार्न आग्रह पनि गरेका छन् ।

तर ट्रम्पले प्रदर्शन भएका ओहायो र उटालाई ट्वीटरमा उल्लेख नगरेकाले यस प्रदर्शनलाई उनले राजनीतिक रंग दिन खोजेको टिप्पणी गरिएको छ ।

ट्रम्पले लकडाउन खुकुलो पार्दै लैजाने योजना बिहीबार सार्वजनिक गरेका थिए ।

अमेरिका कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको देश हो । अमेरिकामा कोरोनाबाट संक्रमितको झण्डै सात लाख पुगिसकेको र मृतकको संख्या ३१ हजार ४ सय ५६ पुगिसकेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया