शनिबार, श्रावण २४, २०७७
www.samsararemit.com

नेकपा सचिवालय बैठक निष्कर्ष विहीनः अर्को बैठक २० गते

नेपाल कम्युनिस्ट पार्टीको आज बसेको सचिवालय बैठक बिना निष्कर्ष सकिएको छ  । बैठकमा पार्टीका आन्तरिक समीक्षा, सरकारको सुध्रिढीकरण र पार्टी स्थायी कमिटी बैठकबारे छलफल भएको थियो । तर कुनै निष्कर्षमा नपुगेको र २० गते पुनः बस्नेगरी आजका लागि बैठक सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

विवादित अध्यादेश र सरकारका काम कारबाहीका विषयमा समीक्षा गर्न सचिवालय बैठक बोलाइएको थियो । बैठक कुनै पनि निष्कर्षमा पुग्न नसकेपछि २० गतेका लागि पुनः बैठक बस्ने र सोही दिन स्थायी कमिटी बैठक पनि बस्ने भन्दै समापन भएको हो ।

‘सरकार, पार्टीको स्थायित्वका विषयमा छलफल भयो ।  यसबीचमा पार्टी नेतृत्वले अनौपचारिक छलफल अघि बढाउँदै २० गते पुन सचिवालय बैठक बस्ने निर्णय गरेको छ,’ बैठकपछि बाहिरिने क्रममा प्रवक्ता श्रेष्ठले भने, ‘सोही बैठकले स्थायी कमिटी बैठकबारे निर्णय गर्नेछ ।’

सचिवालय बैठकमा आफूलाई बलियो देखाउन दुवै गुटका नेताहरुले सांसदको हस्ताक्षरसमेत चलाएका छन् । बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको विषय उठ्ने देखिएपछि आफूलाई बलियो देखाउन ओली पक्षले मंगलबारै सांसदको हस्ताक्षर चलाएका थिए । ओलीले सांसद हस्ताक्षर सुरु गरेपछि प्रचण्ड र माधवकुमार नेपाल गुटका नेताहरुले पनि आज हस्ताक्षर चलाएका थिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया