मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

बैसाख २५ गते नेकपा स्थायी कमिटी बैठकः बामदेवलाई संसदमा लाने निर्णय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक वैशाख २५ गते बस्ने भएको छ । शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘पार्टीको एकता, सहमति र समस्या समाधानको निष्कर्ष अनुरुप पार्टीलाई दिशानिर्देशित गर्नेगरी स्थायी कमिटीको बैठक यही वैशाख २५ गते ११ बजे बस्ने निर्णय भएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘त्यसको तयारीका लागि वैशाख २४ गते सचिवालय बैठक बस्नेछ ।’

बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । ‘उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय भएको छ’, प्रवक्ता श्रेष्ठले भने । प्रधानमन्त्री ओलीले गौतमलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेसँगै यो निर्णय सचिवालय बैठकले गरेको हो ।

बैठकमा नेताहरुले पार्टी भित्रका पछिल्ला कमिकमजोरीप्रति आत्मआलोचना समेत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया