मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

कोरोना संक्रमणबाट बच्न ‘अनकन’ले दियो ट्राफिकलाई ५०० वटा एन ९५ मास्क

 

अमेरिकामा स्थापना भएको सामाजिक संस्था ‘युएसए नेपाल कम्यूनिटी आउट रिच नेटवर्क’ (अनकन)ले  महानगरिय ट्राफिक प्रहरीलाई मास्क वितरण गरेको छ । कोरोना भाईरसको संक्रमणबाट बच्न ‘अनकन’ले ट्राफिक प्रहरीलाई ५०० वटा एन ९५ मास्क वितरण गरेको हो । चीनबाट फैलिएको कोरोना भाईरसबाट संक्रमित नेपालमा पनि बढ्दै गएका छन् । तर पनि ट्राफिक प्रहरी जोखिम मोलेरै आम नागरिकसँग प्रत्यक्ष जोडिएर काम गर्नु पर्ने भएकाले  एन ९५ मास्क वितरण गरिएको ‘अनकन’ले जनाएको छ ।

‘अनकन’का अध्यक्ष विलास उपाध्याय सहित सञ्चालन समितिका सदस्यहरु अग्नि सञ्जेल, देवेन्द्र शाह, बटुक विष्ट, थलराज पन्त, लक्ष्मी ओली, डा. माया उपाध्याय, समा सञ्जेल सहितको कार्यसमितिको निर्णय अनुसार ‘अनकन’ले कोरोनाको महामारीबाट बच्न सानो प्रयाश गरेको जनाएको छ । ‘अनकन’मा प्रकाश गौतम र नरेश राज पाण्डे सल्लाहाकारको रुपमा आबद्ध छन् ।

‘अनकन’का अध्यक्ष उपाध्यायले ठुला योजनामा हात हालेर पुरा गर्न नसक्नु भन्दा साना काम सम्पन्न गर्ने निस्कर्ष अनुसार ट्राफिक प्रहरीलाई मास्क वितरण गरिएको बताए । त्यस्तै भौतिक शरिर अमेरिकामा रहेपनि  नेपाल र नेपालीहरुको सुख र दुःखमा साथ रहिरहने भावना अनुसार ‘अनकन’ले मास्क वितरण गरेको अध्यक्ष उपाध्यायको भनाई  छ ।

यसै साता आयोजित कार्यक्रममा महानगरिय ट्राफिक प्रहरी प्रमुख एसएसपी भिमप्रसार ढकाललाई उक्त मास्क वितरण गरिएको हो ।  ‘अनकन’को तर्फबाट कान्तिपुर टेलिभिजनका पत्रकार पर्वतराज घिमिरेले ट्राफिक प्रहरी प्रमुख एसएसपी ढकाललाई ५०० वटा मास्क वितरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा एसएसपी ढकालले ‘अनकन’ले देखाएको सहयोगि भावना प्रति आभार प्रकट गरेका थिए । ‘अनकन’ले अमेरिका र नेपाल भित्र विभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आएको छ ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया