मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

पत्रकार महासंघलाई स्यानिटाइजर हस्तान्तरण

कालिका साेप एण्ड केमिकलले नेपाल पत्रकार महासंघ काठमाडौं शाखालाई करिब ३०० वाेतल ह्यण्ड स्यानिटाइजर हस्तान्तरण गरेको छ ।काेराेना संक्रमणको जाेखिमा पनि समाचार सङ्कल गर्न फिल्डमै जान पर्ने पत्रकारलाई पूर्व सावधानी अपनाउन कालिका साेपका प्रतिनिधीले महासंघ उपाध्यक्ष सुर्य सुवेदीलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

कालिका साेप हस्तान्तरण गरेको उक्त सामाग्री फिल्डमै गएर काम गर्ने पत्रकारलाई वितरण गरिने उपाध्यक्ष सुवेदीले जानकारी दिए । उपाध्यक्ष सुवेदीले काेराेना संक्रमणको मौका छोपी विभिन्न मिडियामा कार्यरत पत्रकारहरुलाई कामबाट निकाल्ने, बेतलबी बस्न लगाउने जस्ता सूचना आएकाले त्यसाे नगर्न र श्रमजीवी पत्रकारको साथमा रहन सम्बन्धित मिडियालाई आग्रह समेत गरेका छन् । काठमाडौं शाखाले करिब २५० भन्दा बढी पत्रकारलाई खाद्यान्न लगाएतका सामाग्री सहयोग गरेको जनाएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया