शनिबार, श्रावण ३१, २०७७
www.samsararemit.com

सिन्धुपाल्चोककी २९ वर्षीय महिला कोरोनाबाट मृत्यु

सिन्धुपाल्चोक बाह्रबिसेकी एक महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले उनको मृत्यु कोरोनाकै कारण पुष्टि भएको जनाएको हो ।

ती महिलाको धुलीखेल अस्पतालमा उपचारका लागि ल्याउने क्रममा शुक्रबार मृत्यु भएको थियो । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् ।

२४ गते उनको नर्मल डेलिभरी भएको थियो । २५ गते डिस्चार्ज भएर घर पठाइएको थियो । घरमा पुगेपछि ज्वरो आउने समस्या भएपछि स्थानीय अस्पतालमा उपचारका लागि लगिएको थियो भने त्यहाँबाट धुलिखेल अस्पताल ल्याइएको थियो ।
धुलिखेलमा उनको कोरोना चेक गर्दा पोजेटिभ देखिएको थियो ।

मन्त्रालयले दिएको जानकारीअनुसार नेपालमा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया