मंगलबार, श्रावण २७, २०७७
www.samsararemit.com

सावित्रीका श्रीमानलाई पूर्वमन्त्री बस्नेत द्वारा ५०,००० सहयोगः शिशुको निःशुल्क शिक्षा 

कोरोना भाईरसको महामारीबाट नेपालमा पहिलो मृतक घोषणा भएकी सिन्धुपाल्चोक जिल्ला बाह्रविसे नगरपालिका वडा नम्बर ८, राम्चे ठोट्नेरी निवासी सावित्री तिमिल्सिना चालिसेको परिवारलाई नेपाली कांग्रेसका  केन्द्रीय सदस्य एवं  पूर्व सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले रु ५०,०००।- (पचार हजार)  आर्थिक सहयोग गर्ने भएका छन् ।

९ दिनको शिशुलाई टुहुरो पारेर कोरोनाको सिकार बनेकी सावित्रीका श्रीमान् विमल चालिसेलाई मानविय विपत्ति र आर्थिक संकट परेको भन्दै नेपाली कांग्रेसका  केन्द्रीय सदस्य एवं  पूर्व सूचना तथा संचार मन्त्री बस्नेतले रु ५०,०००।- (पचार हजार)  आर्थिक सहयोग गर्ने भएका हुन् । चालिसेको परिवारको आर्थिक रुपमा कमजोर छन् ।

त्यस्तै केन्द्रीय सदस्य बस्नेतले शिशुको १ देखि १२ कक्षा सम्म लाग्ने शिक्षाको खर्च र त्यसपछि रोजगारीको समेत प्रवन्ध मिलाई दिने प्रतिवद्धता जनाएका छन् । शिक्षण अस्पताल महाराजगंजमा सुत्केरी भएर ९ दिनको दिन बाह्रविसे अस्पतालबाट धुलिखेल अस्पतालमा लगेपछि सावित्रीको कोरोना भाईरसका कारण निधन भएको थियो ।

 

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया