मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

नेपालमा पहिलो पटक डाक्टरमा कोरोना पोजिटिभ

कोरोना भाइरसको संक्रमण नेपालका एक चिकित्सकमासमेत देखिएको छ । ललितपुर घर भएर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुमा कार्यरत चिकित्सकको पीसीआर रिापेर्टमा मंगलबार कोरोना पोजिटिभ देखिएको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले ललितपुरमा एक जनामा कोरोना पोजिटिभ पुष्टि भएको जानकारी दिएका थिए । ति चिकित्सक रोग नियन्त्रण महाशाखाको फिल्डमा कार्यरत रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

स्वास्थ कार्यलयका प्रमुख खगेश्वर गेलालका अनुसार उनी रोग नियन्त्रण महाशाखा टेकुमा कार्यरत चिकित्सक हुन् ।
‘उहाँ चिकित्सक भएको खुलेको छ’, गेलालले भने, ‘२६ वर्षीय डाक्टर बाहिर जिल्लाको हुनुहुन्छ तर ललितपुर ठेगाना मात्रै लेखिएको छ । उहाँको बारेमा थप जानकारी लिदैछौँ ।’

चिकित्सकलाई कोरोना पोजिटिभ देखियो भनेर नआत्तिन उनले आग्रह गरेका छन् । स्वास्थ कार्यालयले ललितपुरका ५ वटा पालिकामा ८ सयको कोरोना परीक्षण गरेको र ३ सयको रिपोर्ट नेगेटिभ आएको छ । नमुना परीक्षण गरिएकामध्ये पाँच सयको पीसीआर रिपोर्ट आउन बाँकी छ । मंगलबार ति चिकित्सकसहित २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमित १७ वर्षदेखि ४२ वर्ष उमेर समूहका भएको प्रवक्ता देवकोटाले जानकारी दिएका छन्। संक्रमितमध्ये झापाका ९ जना छन् भने काठमाडौं ३, भक्तपुर एक जनामा कोरोना पोजिटिभ देखिएको छ । सँगै कपिलवस्तुमा चार जनामा कोरोना पोजिटिभ देखिएको छ ।

त्यसैगरी मोरङ, सुनसरी, मकवानपुर, रामेछाप, सिन्धुली, लम्जुङ र नवलपरासीमा एकएक र सर्लाहीमा दुईजनामा कोरोना पुष्टि भएको हो । प्रवक्ता देवकोटाका अनुसार उनीहरुको कन्ट्रयाक ट्रेसिङको काम सुरु भएको छ । योसँगै संक्रमितको संख्या ४०२ पुगेको छ । जसमध्ये ३४० पुरुष र ६२ महिला छन् । ३७ जना भने निको भएका छन्। नेपालमा दुई जनाको भने मृत्यु भइसकेको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया