शनिबार, श्रावण ३१, २०७७
www.samsararemit.com

पूर्वमन्त्री बस्नेतले ५ सय भन्दा बढी स्वास्थ्य कर्मीको कोरोना म्यादी विमा गराई दिने

                                      नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले  कोरोना भाईरस (कोभिड १९)को त्रासदीमा पनि अग्र पंतिमा रहेर काम गर्ने सिन्धुपाल्चोक जिल्लाका सबै स्वास्थ्य कर्मीको कोरोना म्यादी विमा गराई दिने घोषणा गरेका छन् । केन्द्रीय सदस्य बस्नेतले आज विज्ञाप्ति  जारी गरी सिन्धुपाल्चोक जिल्लामा कार्यरत सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र,  स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगि देखि चिकित्सकहरु समेतको कोरोना म्यादी विमा गराइ दिने घोषणा गरेका हुन् ।

कोरोनाको महामारिबाट देशभर स्वास्थ्य कर्मीहरु पनि संक्रमित हुन थालेपछि यो क्षेत्र त्रसित बनेको र संक्रमित विरामी र आशंका गरिएका मात्र होइन साधारण विरामी जाँच्न पनि स्वास्थ्य कर्मीहरु डराइ रहेको अवस्थामा जनताको जीवन बचाउन खट्ने फ्रन्ट लाइनका स्वास्थ्यकर्मीहरुलाई उच्व मनोवलका साथ काम गर्ने वातावरण बनाउने उद्देश्यले कोरना म्यादी विमा गराइदिने केन्द्रीय सदस्य बस्नेत द्वार जारी विज्ञाप्तिमा उल्लेख छ । सिन्धुपाल्चोक जिल्लाका ५०० सय भन्दा बढी स्वास्थ्य कर्मी कार्यरत  छन् ।

यसै बीच नेपालमा कोरोना भाईरसको संक्रमणबाट पहिलो मृत भएकी सिन्धुपाल्चोककी सावित्री तिमल्सिना चालिसेकी नवजात शिशुको पौष्टीक तत्व आहारका लागि दिने बस्नेतले रु  ५०,००० नगद हस्तान्तरण गरेका छन् । नवजात शिशुलाई पोखराकी पार्वती गुरुङ र माया गुरुङले रु ५०,००० नगद दिएका छन्  । शुक्रबार धुलिखेल अस्पतालमा पुगेर मृतकका श्री मानलाई सदस्य बस्नेतले जम्मा एक लाख प्रदान गरेका हुन् । आमा गुमाएका नवजात शिशुको १२ कक्षा सम्मको शिक्षा र त्यसपछिको रोजगारीको प्रतिवद्धता पनि उनले गरेका छन् ।

 

 

 

 

 

 

 

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया