शनिबार, असार २७, २०७७
www.samsararemit.com

चिकित्सक, प्रहरी र पत्रकारका लागि ‘अनकन’को सहयोगी हात

अमेरिकामा स्थापना भएको सामाजिक संस्था ‘युएसए नेपाल कम्यूनिटी आउट रिच नेटवर्क’ (अनकन)ले कोभिड-१९ को महामारीमा नेपालमा अग्रपंतिमा रहेर काम गर्ने चिकित्सक प्रहरी र पत्रकारलाई सहयोग गरेको छ । ‘अनकन’ले विसम परिस्थितिमा पनि अग्रपंतिमा रहेर काम गर्ने चिकित्सक प्रहरी र पत्रकारलाई  पीपीई र मास्क सहयोग गरेको हो ।

‘अनकन’ले काठमाडौंको शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई १० वटा पीपीई र २०० वटा केएन-९५ मास्क सहयोग गरेको हो । यसै साता आयोजित कार्यक्रममा हृदय रोग केन्द्रका निर्देशक चन्द्रमणि अधिकारीलाई पीपीई र मास्क हस्तान्तरण गरियो थियो । निर्देशक अधिकारीलाई अनकनको तर्फबाट कान्तिपुर टेलिभिजनमा कार्यतर पत्रकार पर्वतराज घिमिरेले हस्तान्तरण गरेका थिए ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (काठमाडौं)लाई पनि अनकनले १० वटा पीपीई र २०० वटा केएन ९५ मास्क सहयोग गरेको छ । बुधबार आयोजित कार्योजित अनौपचारिक कार्यक्रममा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागरराज भण्डारीलाई उक्त सामाग्री हस्तान्तरण गरियो । पीपीई र मास्क बुझ्दै निर्देशक भण्डारीले अमेरिकामा रहेर पनि नेपालमा सहयोग गर्ने मनकारी अनकनको मन प्रति धन्यवाद दिनएका थिए ।

यस्तै अनकनले कोभिड-१९ को महामारीमा आफ्नो जीउ ज्यानको प्रवाह नगरी अहोरात्र खट्ने पत्रकारहरुलाई पनि मास्क सहयोग गरेको छ । अनकनले कान्तिपुर, एपी वान र प्राईम टेलिभिजनमा कार्यरत पत्रकारलाई केएन ९५ मास्क सहयोग गरेको हो । अनकनले कान्तिपुरलाई ५५ वटा, एपी वान र प्राईम टेलिभिजनलाई ३०-३० वटा मास्क सहयोग गरेको छ ।

यस अघि अघिल्लो साता कोरोना भाईरसको संक्रमणबाट बच्न ‘अनकन’ले महानगरिय ट्राफिक प्रहरीलाई ५०० वटा एन ९५ मास्क वितरण गरेको थियो । चीनबाट फैलिएको कोरोना भाईरसबाट संक्रमित नेपालमा पनि बढ्दै गएका छन् । तर पनि ट्राफिक प्रहरी जोखिम मोलेरै आम नागरिकसँग प्रत्यक्ष जोडिएर काम गर्नु पर्ने भएकाले  एन ९५ मास्क वितरण गरिएको हो ।

‘अनकन’का अध्यक्ष विलास उपाध्याय सहित सञ्चालन समितिका सदस्यहरु अग्नि सञ्जेल, देवेन्द्र शाह, बटुक विष्ट, थलराज पन्त, लक्ष्मी ओली, डा. माया उपाध्याय, समा सञ्जेल सहितको कार्यसमितिको निर्णय अनुसार ‘अनकन’ले कोरोनाको महामारीबाट बच्न सानो प्रयाश गरेको जनाएको छ । ‘अनकन’मा प्रकाश गौतम र नरेश राज पाण्डे सल्लाहाकारको रुपमा आबद्ध रहेका छन् ।

‘अनकन’का अध्यक्ष उपाध्यायले ठुला योजनामा हात हालेर पुरा गर्न नसक्नु भन्दा साना काम सम्पन्न गर्ने निस्कर्ष अनुसार ट्राफिक प्रहरीलाई मास्क वितरण गरिएको बताए । त्यस्तै भौतिक शरिर अमेरिकामा रहेपनि  नेपाल र नेपालीहरुको सुख र दुःखमा साथ रहिरहने भावना अनुसार ‘अनकन’ले मास्क वितरण गरेको अध्यक्ष उपाध्यायको भनाई  छ ।

‘अनकन’ले नेपालमा विगत ६ बर्ष देखि शिक्षा स्वास्थ्य लगायत क्षेत्रमा सहयोग गर्दै आएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया