शनिबार, असार २७, २०७७
www.samsararemit.com

‘डब्लुएचओ’को गाइडलाइन मान्न प्रधानमन्त्रीलाई विज्ञको सुझाव

लकडाउनका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको विषयविज्ञको छलफलमा सहभागी  विज्ञले डब्लुएचओको गाइडलाइन पालना गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सहभागी विज्ञले डब्लुएचओको गाइडलाइन पालना गर्न सुझाव दिएका हुन् ।

छलफलमा लकडाउनको मोडालिटी कसरी परिवर्तन गर्न उपयुक्त हुने भन्दै प्रधानमन्त्रीले जिज्ञासा राखेका थिए । करिब ४ घण्टासम्म भएको छलफल लकडाउनका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को गाइडलाइन अनुसार अघि बढ्न विज्ञहरूले प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

विज्ञहरुसँग छलफल र परामर्श भए पनि कुनै निचोडमा भने नसकी बैठक सकिएको छ । विज्ञसँग परामर्श लिने कार्यक्रम राख्ने प्रधानमन्त्रीले वचन दिँदै छलफल अन्त्य भएको थियो । छलफलमा विभिन्न क्षेत्रका २५ जना सहभागी थिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया