शनिबार, असार २७, २०७७
www.samsararemit.com

एसईई परीक्षा रोक्ने सरकारको निर्णयः आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरिने

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) रोक्ने निर्णय गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) त्रासका कारण स्थगित भएको एसईई परीक्षा रोक्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।

बुधबारको मन्त्रिपरिषद् बैठकले हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण गर्ने गरी एसईई परीक्षा राेक्ने निर्णय रेको हो ।

बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै कोरोनाको अवस्था सामान्य भएका ठाउँमा जोरबिजोर प्रणालीमा गाडी चल्न दिने निर्णयसमेत गरेको छ । सँगै पसल खोल्न दिने निर्णयसमेत भएको एक मन्त्रीले जानकारी दिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया