सोमबार, श्रावण २६, २०७७
www.samsararemit.com

निजी स्कुलले अनलाइन कक्षा नगर्ने, शिक्षकलाई बेतलबी विदा

 

निजी स्कुल सञ्चालकले बिहीबार देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् । निजी स्कुल सञ्चालकहरुको दुई छाता संस्था प्याब्सन र एनप्याब्सनले बुधबार संयुक्त बैठक बसेर यस्तो निर्णय गरेका हुन् । साउन १ गतेदेखि नै लागु हुनेगरि उनीहरुले सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई बेतलबी विदा समेत दिने निर्णय गरेका छन् ।

उनीहरुले तत्काल पढाई सञ्चालन गर्न नसके पनि साउन १ गतेदेखि विद्यालय खोल्ने र विद्यार्थीको रजिष्ट्रेसन गर्नेलगायतका प्रशासनिक काम गर्न पाउनुपर्ने माग सरकार समक्ष राखेका थिए । साथै कोभिड-१९ का कारण समस्यामा परेका स्कुललाई ऋण दिनुपर्ने तथा अनलाइन माध्यमबाट भइरहेको पढाइलाई औपचारिकता दिएर विद्यार्थीबाट निश्चित शुल्क उठाउन पाउनुपर्ने माग उनीहरुको थियो ।

शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई असार १४ गते लिखित जानकारी उनिहरुले गराएका थिए । असार १९ गतेभित्रमा माग पुरा नभए असार २२ गतेदेखि अनलाइन कक्षा बन्द गर्ने जानकारी त्यतिबेला गराएका थिए । तर असार २१ गते मन्त्रालयका अधिकारी, प्याब्सन, एनप्याब्सन, इस्टुलगायत शिक्षामा सरोकार राख्ने अधिकारीबीच भएको वार्तामा निजी स्कुल सञ्चालकको माग जायज भएको र एक साताभित्रमा कोरोना व्यवस्थापनका लागि गठन भएको सरकारी संयन्त्रमा पेश गर्ने प्रतिवद्धता मन्त्रालयले जनाएको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया