सोमबार, श्रावण २६, २०७७
www.samsararemit.com

भारी वर्षाले तराई र पहाडमा उच्व जोखिमः अझै केहि दिन पानी पर्ने

लगातारको वर्षापछि सप्तकोशी नदीमा आएको बाढीले खतराको सिमा पार गरेको छ । कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हुँदा खतराको तह पार गरेको हो । बहाव उच्च भएपछि ५६ मध्ये ४६ वटा ढोका खोलिएको  छ ।

ब्यारेजका दुईवटै नहर बन्द गरिएको छ । पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने भएकाले नहर बन्द गरिएको हो । पानीको बहाव बढेकाले सुनसरी र सप्तरीका वासिन्दालाई सतर्त रहनस्थानीय प्रशासनले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना प्रवाह गरेको छ । यसै बिच लगातारको वर्षाले देशभर बाढी र पहिरो गएको छ । भारी वर्षाले विभिन्न राजमार्गका पुलहरु बगाएको छ भने धेरै स्थानमा सडकमै पहिरो जाँदा यातायात अवरुद्ध भएको छ ।

अझै पानी नरोकिने

मौसम पूर्वानुमान महाशाखाले देश भर अझै केहि दिन भारी वर्षा हुने जनाएको छ । शाखाले वर्षाका कारण पहाडमा पहिरो र तराहीमा बाढी आउन सक्ने भन्दै सुरक्षित रहेन समेत आग्रह गरेको छ । शाखाका अनुसार अझै तीन दिन पानी पर्ने छ ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया