सोमबार, श्रावण २६, २०७७
www.samsararemit.com

रञ्जन छुट्ने फैसलाको सर्वत्र आलोचनाः सर्वोच्चमा पुनरावलोकन निवेदन

पूर्वडीआईजी रञ्जन कोइरालालाई जेलमुक्त गर्ने सर्वोच्च अदालतको फैसलाको सर्वत्र आलोचाना भएको छ ।  सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका पूर्वडीआईजी कोइरालालाई जेलमुक्त गर्ने सर्वोच्च अदालतको फैसलाको आलोचना सँगै पुनरावलोकन माग गर्दै सर्वोच्च अदालतमै निवेदन दर्ता भएको छ ।

पूर्वडीआईजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौं जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।

जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका कोइरालालाई सर्वोच्चले सजाय ११ वर्ष घटाउने फैसला गरेपछि महान्यायाधीवक्ताको कार्यालय पुनरावलोकन निवेदन दर्ता गरेको हो ।

प्रधानन्यायाधीशसहितको संयुक्त इजालसको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दिएको हो । डिल्लीबजार कारागारमा रहेका कोइराला बिहीबार दिउँसो थुनामुक्त भएका हुन् । श्रीमतीको हत्या आरोपमा २०६८ माघ ८ गते चितवनको नारायणगढबाट काठमाडौं फर्किर्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

श्रीमती हत्याको मुद्दामा काठमाडौं जिल्ला अदालत र पाटन पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । सोही मुद्दामाथि सुनुवाइ गर्दै असार १५ गते सर्वोच्च अदातले उनको थुनाअवधि घटाएर आठ वर्ष ६ महिनामा झारेपछि उनी बिहीबार रिहा भएका हुन् ।

सर्वोच्चको फैसलापछि कोइराला श्रीमती हत्या मुद्दामा साढे ११ वर्ष कैद छुट पाएर जेलमुक्त भएका हुन् । असार १५ मा मात्र छोराछोरीको संरक्षण, शिक्षादिक्षामा प्रभाव पर्ने देखिएको भन्दै सर्वोच्च अदालतले कोइरालाको सजाय घटाउने फैसला गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले यस्तो फैसला गरेको हो ।

 

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया