सोमबार, श्रावण २६, २०७७
www.samsararemit.com

कोरोनाको जोखिम बढ्योः काठमाडौं प्रवेशमा रोक

गृहमन्त्रालयले साँझ ७ बजे देखि विहान सात बजे सम्म  काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ । बिहीबार एक विज्ञप्ति जारी गरेर गृहमन्त्रालयले उपत्यका भित्रिने धेरै यात्रुमा कोरोना संक्रमण देखिएको भन्दै प्रवेशमा रोक लगाएको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार बिहीबार (साउन १५) देखि नै लागू हुने गरी साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म नाकामा यात्रुको आवागमन पूर्ण बन्द गराइनेछ ।

उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरूलाई पनि अत्यावश्यक कामबाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न र बिना पास अन्तर जिल्ला आवागमन पूर्ण बन्द गराउन निर्देशन दिइएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया